समाज


बलात्कार गर्न नदिँदा दलित युवतीलाई उम्लिरहेको पानीमा फ्याँकियो, ३ जना पक्राउ

बलात्कार गर्न नदिँदा दलित युवतीलाई उम्लिरहेको पानीमा फ्याँकियो, ३ जना पक्राउ

पक्राउ परेका तीन जना (मास्क लगाएका) सार्वजनिक गर्दै प्रहरी।


नेपालखबर
पुस १५, २०८० आइतबार १३:३९, काठमाडौँ

भारतस्थित उत्तर प्रदेशको बागपतको बिनौली क्षेत्रमा एक दलित युवतीलाई पानी उम्लिरहेको भाँडोमा फालेको घटना सार्वजनिक भएको छ। 

युवतीका दाइले आफ्नी बहिनीले बलात्कारको विरोध गर्दा ती युवकले त्यस्तो हर्कत गरेको आरोप लगाएका छन्।

उक्त घटनामा प्रहरीले तीन जनाविरुद्ध जाहेरी दर्ता गरेको बीबीसी हिन्दीले जनाएको छ। 

बिनौली प्रहरी चौकी इन्चार्ज एमपी सिंहका अनुसार मुजफ्फरनगरको एक परिवार बिनौलीस्थित क्रसरमा मजदुरका रूपमा काम गर्छ।

शनिबार यस मजदुर परिवारकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको उजुरी प्राप्त भएको उनले बताए।

उनले भने, ‘साथै उनलाई पानी उम्लिरहेको भाँडोमा धकेलिएको रिपोर्ट पनि आएको छ।’ 

उनले युवती घाइते अवस्थामा उपचारका लागि उच्च केन्द्रमा रिफर गरिएको जानकारी दिए। उनले भने, ‘आरोपितविरुद्ध मुद्दा दर्ता गरी सबैलाई पक्राउ गरिएको छ। अनुसन्धान जारी छ।’

यस घटनाका मुख्य अभियुक्त २४ वर्षीय सन्दीप हुन्। उनी छिमेकी गाउँका बासिन्दा हुन्। साथै प्रकरणमा क्रसर सञ्चालक राजु र सोनुको नाम पनि मुछिएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .