समाज


जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दा नियन्त्रण चुनौतिपूर्ण

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दा नियन्त्रण चुनौतिपूर्ण

फाइल तस्बिर


नेपालखबर
चैत १०, २०८२ मंगलबार ६:३०, तनहुँ

सामुदायिक वनमा मानिसले जानीजानी डढेलो लगाउने प्रवृत्ति बढ्दै गएको छ। सामुदायिक वनमा ९० प्रतिशभन्दा बढी डढेलो मानव सिर्जित हुने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिए। 

त्यसमध्ये ६४ प्रतिशत डढेलो मानिसले जानाजान लगाउने गरेको रानाभाटले बताए । मानिसले जानीजानी लगाउने डढेलो नियन्त्रण नै अहिलेको प्रमुख चुनौती रहेको उनको भनाई छ। उनले भने, “सामुदायिक वनमा यत्तिकै आगो लाग्ने सम्भावना निकै कम छ, मानिसले नयाँ घाँस पलाउँछ भनेर डढेलो लगाइदिने गरेका छन् । यसलाई पूर्ण रूपमा रोक्न सकिएको छैन।”

चरिणका लागि आगो लगाउने प्रवृत्ति ३० प्रतिशत, चुरोट पिउनेबाट १५, शिकारीबाट सात, वनभोज क्याम्पफाइरिङ आउनेहरूबाट सात, बच्चाहरू खेल्दा छ, अवैध काठ कटान गर्नेहरूबाट पाँच, अतिक्रमणकारीबाट पाँच, खोरिया फँडानीबाट पाँच, गोल पोल्नेबाट चार प्रतिशत र बाँकी जडिबुटी सङ्कलकबाट डढेलो लाग्ने गरेको छ। 

आर्थिक वर्ष २०८०र८१ मा ७१ वटा सामुदायिक वनका एक हजार ३२२ हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो । यस्तै आव २०८१र८२ मा ८४ सामुदायिक वनका छ सय ६२ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ। 

दक्ष जनशक्तिको कमी, आधुनिक उपकरणको अभाव, बजेट कमलगायत कारणले डढेलो नियन्त्रणमा समस्या हुँदै आएको छ। 

रानाभाटले भने, “वनमा डढेलो लगाउनेलाई नियन्त्रणमा लिएर कारबाही गर्न पनि सकेका छैनौँ, लुकिछिपी डढेलो लगाउँदा पहिचान खुलाउनै गाह्रो भइरहेको अवस्था छ।” तनहुँ जिल्लाभर छ सय २५ सामुदायिक वन छन्। 

सामुदायिक वनका उपभोक्तालाई डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम भइरहेका छन् । डिभिजन वन कार्यालय र आठ वटा सवडिभिजन कार्यालयमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार वन डढेलोले कम्तिमा दश प्रतिशत तापक्रम बढाउने गर्दछ। 

डढेलोबाट भुइँमा झरेका रुखको बीउ डढेर उम्रन नपाउने, लाथ्रा अवस्थाको वनमा डढेलो लागेमा रुखमा धोद्रो हुने, डढेलोले वनमा भएको जैविक विविधतामा ह्रास आउने, वन्यजन्तुको वासस्थान विनाश भई त्यसको संरक्षण र विकासमा बाधा पुग्ने, वनमा लागेको आगो नजिकको गाउँघरमा सरी जनधनको क्षति हुनेलगायत जोखिम रहेका वन अधिकृत श्रेष्ठले बताए । 

गर्मी मौसममा बिडी, चुरोट खाएर जथाभाबी फाल्नाले, वन्यजन्तु भगाउन तथा नयाँ घाँस उमार्नका लागि आगो लगाउनाले डढेलो झन बढ्दै गएको छ।

वन डढेलो नियन्त्रणलाई प्रभावकारी र द्रुत बनाउन तनहुँमा बहुपक्षीय सहभागितासहित ¥यापिड रेस्पोन्स टिम ९द्रुत प्रतिकार्य टोली० गठन गरिएको छ। 

डिभिजन वन कार्यालय तनहुँको पहलमा वन, प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा सामुदायिक वन उपभोक्ता महासङ्घका प्रतिनिधिसहित उक्त टोली गठन गरिएको हो।

    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad