समाज


मापसे गरेर स्कूल बस चलाएको आरोपमा पाँच जना चालक पक्राउ

मापसे गरेर स्कूल बस चलाएको आरोपमा पाँच जना चालक पक्राउ

मापसे जाँच गर्दै ट्राफिक प्रहरी। फाइल तस्बिर


नेपालखबर
फागुन ४, २०८२ सोमबार १४:३५, पोखरा

कास्की प्रहरीले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको आरोपमा ५ जना चालकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार स्कुल बस चालकले मादक पदार्थ सेवन गरी बस चलाउने गरेको गुनासोपछि सोमबार बिहान साढे ९ बजे जाँच गरिएको थियो। जाँचका क्रममा मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ५ जना चालकलाई पक्राउ गरिएको बस्नेतले बताए। 

पक्राउ पर्नेमा माउन्ट हेभन बोर्डिङ स्कुलको ग १ क ३६७४ नम्बरको बसका चालक कास्कीको पोखरा महानगरपालिका-१५ का ३३ वर्षीय आनन्द परियार, कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग १ क १३८२ नम्बरको बसका चालक पोखरा-५, प्रस्याङका ३७ वर्षीय गौतम गुरुङ, बिन्देश्वरी बोर्डिङ स्कुलको ग १ क ६२२१ नम्बरको बसका चालक पोखरा-१५ का ४४ वर्षीय भक्तबहादुर गुरुङ, अंजली बोर्डिङ स्कुलको ग १ क ६४०३ नम्बरको बसका चालक पोखरा-१६ का ४८ वर्षीय डम्बरबहादुर गुरुङ र एसओएस बोर्डिङ स्कुलको ग १ क ६४३३ नम्बरको बसका चालक पोखरा-१० रामबजारका ४७ वर्षीय पदम विक रहेका छन्। 

उनीहरूलाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad