समाज


नियन्त्रण गुमाएको कारले ठक्कर दिँदा पैदल हिँडिरहेका २ महिला घाइते

नियन्त्रण गुमाएको कारले ठक्कर दिँदा पैदल हिँडिरहेका २ महिला घाइते

फाइल तस्बिर


नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १०:५२, तनहुँ

तनहुँमा अनियन्त्रित कारले ठक्कर दिँदा दुईजना पैदलयात्री महिला घाइते भएका छन्। 

बन्दीपुर नगरपालिका- १ स्याउलस्थित पृथ्वी राजमार्गमा बिहीबार साँझ दमौलीबाट डुम्रेतर्फ आँउदै गरेको बा.प्र.०१-०२७ च ७४६४ नम्बरको कारले ठक्कर दिएको प्रहरीले जनाएको छ। 

सडकमा पैदल हिँडिरहेकी म्याग्दीको धौलागिरी गाउँपालिका-७ बस्ने ३८ वर्षीया लीला जैसी र बेनी नगरपालिका-२ बस्ने ३८ वर्षीया लली सुवेदी कारको ठक्करबाट घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

दुवै घाइतेलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरिएको छ। हाल उनीहरूको मेट्रोसिटी अस्पताल पोखरामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad