समाज


कास्कीका जेनजी प्रदर्शनका ९२ जना घाइतेले भैपरी खर्च पाउने, तत्काल २० हजार दिइँदै

कास्कीका जेनजी प्रदर्शनका ९२ जना घाइतेले भैपरी खर्च पाउने, तत्काल २० हजार दिइँदै

फाइल तस्बिर


नेपालखबर
असोज २५, २०८२ शनिबार ५:५९, कास्की

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा घाइते भएका कास्कीका ९२ जनाले घाइते परिचयपत्रसहित भैपरी खर्च पाउने भएका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार गृह मन्त्रालयबाट प्राप्त घाइतेहरूको सूचीबमोजिम कास्की स्थायी ठेगाना भएका घाइतेलाई आइतबारदेखि परिचयपत्र वितरण गरिने भएको हो।

परिचयपत्र वितरणपछि सोही आधारमा घाइतेलाई तत्कालका लागि भैपरी खर्चबापत रु। २० हजारका दरले रकम उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत झवीश्वर रेग्मीले जानकारी दिए।

भैपरी खर्चका लागि प्रदर्शनका क्रममा घाइते भई अस्पतालमा उपचार गराएको विरामी टिकट र डिस्चार्जसम्बन्धी कागजात, नागरिकताको प्रमाणपत्र, तस्बीर र घाइतेको नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपिसहित कार्यालयमा उपस्थित हुन भनिएको छ।

घाइते स्वयं आउन नसके परिवारका सदस्यलाई सम्पर्क राख्न सूचित गरिएको प्रशासकीय अधिकृत रेग्मीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad