जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य बन्दै गएकाे छ। आज बिहानदेखि पाेखरामा सवारीसाधनको चहलपहल बढेको छ। बजारमा किनमेल गर्नेको पनि चहलपहल देखिन्छ।
बिहानको समयमा आवतजावत खुकुलो पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले बताए। दिउँसोसम्मको परिस्थिति मूल्याकङ्न गरेर निषेधाज्ञा थप कडा गर्ने या सहज बनाउँदै जाने भन्ने निर्णय हुने उनकाे भनाइ छ। अहिले पाेखरामा सुरक्षा व्यवस्था चुस्त र कडा तुल्याइएको शर्माले बताए।
अत्यावश्यक कामका लागि आवतजावत गर्न बिहान र साँझपख निषेधाज्ञा खुकुलो पारिएको छ। पोखरा महानगरपालिकाभित्र रातको समयमा भने कर्फ्यु लगाइँदै आएको छ। जेनजीले यही भदौ २३ र २४ गते गरेको आन्दोलन उग्र बनेपछि पोखराका अधिकांश सरकारी भवनमा आगजनी र तोडफोड भएको थियो।
Shares

प्रतिक्रिया