समाज


तनहुँबाट बेपत्ता ३ किशोरी परिवारको सम्पर्कमा, अन्तिम लोकेसन पोखरा

स्कुलबाटै हिँडेका उनीहरूले आफूलाई नखोज्न आफन्तलाई आग्रह गरेका छन्
तनहुँबाट बेपत्ता ३ किशोरी परिवारको सम्पर्कमा, अन्तिम लोकेसन पोखरा

फाइल तस्बिर


नेपालखबर
साउन २२, २०८२ बिहिबार ७:५४, तनहुँ

तनहुँको भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी परिवारको सम्पर्कमा आएका छन्। 

१५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार गत सोमबारदेखि बेपत्ता भएका थिए। सोमबार बिहान विद्यालय जान घरबाट निस्किएका उनीहरू विद्यालय नगई बेपत्ता भएका थिए।

उनीहरू परिवारको सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। ‘किशोरीहरूले आफूहरूलाई खोज्न पर्दैन’ भनेर भनेर अभिभावकलाई खबर पठाएका प्रहरीले जनाएको छ।

सोमबार साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले इलाका प्रहरी कार्यालय भानुमा खोजी गरिदिन निवेदन दिएका थिए। उनीहरुको मोबाइलको अन्तिम लोकेसन पोखरा देखिएको छ।

दुई बालिका भेटिए
यसैबीच भानु नगरपालिका–४ राना गाउँबाट गत मङ्गलबार सम्पर्कविहीन भएका दुई बालिका भेटिएका छन्। 

१२ वर्षीया मन्सु घर्ती र उनकी सानी बहिनी तीन वर्षीया कञ्चन घर्ती राति भेटिएका हुन्। काँक्रो चोरेको निहुँमा घरमा आमाले गाली गरेपछि त्यही रिसमा विद्यालय नगई दिनभर उनीहरु गाँउतिर लुकेको पाइएको छ।

खोजी गर्ने क्रममा राति १२ बजे गाउँमै लुकेर बसेको अवस्थामा उनीहरुलाई भेटिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad