ग्लोबल


भारतका उपराष्ट्रपतिले दिए राजीनामा

भारतका उपराष्ट्रपतिले दिए राजीनामा

जगदीप धनखर


नेपालखबर
साउन ६, २०८२ मंगलबार ५:५४, काठमाडौँ

भारतका उपराष्ट्रपति जगदीप धनखडले सोमबार पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपति द्रौपदी मुर्मुलाई लेखेको राजीनामापत्रमा उनले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहलाई कारणका रूपमा उल्लेख गरेका छन्।

उनले संविधानको धारा ६७ (क) को आधारमा राजीनामा घोषणा गरेका हुन्।

उपराष्ट्रपतिले राजीनामापत्र आफ्नो सामाजिक सञ्जालमा पनि राखेका छन्।

राष्ट्रपति मुर्मुलाई लेखेको पत्रमा उपराष्ट्रपति धनखडले लेखेका छन्, 'स्वास्थ्यलाई प्राथमिकता दिँदै र चिकित्सा सल्लाह पालना गर्दै म तत्काल लागु हुने गरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिइरहेको छु।'

यसका साथै उनले यतिन्जेल सहयोग र सद्‌भावका लागि राष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी र मन्त्रिपरिषद्लाई धन्यवाद दिएका छन्।

उपराष्ट्रपति जगदीप धनखडले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, 'संसद्‌का सबै माननीय सदस्यहरूबाट मैले पाएको स्नेह, विश्वास र सम्मान मेरो जीवनभर मेरो हृदयमा रहनेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad