समाज


मोटरसाइकलले ठक्कर दिँदा ३५ वर्षीया महिलाको मृत्यु, ३ जना घाइते

मोटरसाइकलले ठक्कर दिँदा ३५ वर्षीया महिलाको मृत्यु, ३ जना घाइते

नेपालखबर
साउन २, २०८२ शुक्रबार १०:५२, नवलपरासी पूर्व

नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन्। 

बिहीबार राति हुप्सेकोट–३ भूपति चोकमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी स्थानीय ३५ वर्षीया शोभा सिग्देलको उपचारको क्रममा आज मृत्यु भएको हो। 

बाटोमा हिँड्दै गरेको अवस्थामा गिरुवरीबाट वसन्तपुरतर्फ जाँदै गरेको ग७प २७२१ नम्बरको मोटरसाइकलले शोभा र इन्दिरा कोइरालालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लगिएकोमा शोभा सिग्देलको मृत्यु भएको हो भने इन्दिरा कोइरालाको गम्भीर अवस्थामा उपचार भइरहेको छ। 

दुर्घटनामा मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका–२ कोलिया बस्ने ३५ वर्षीय निशान सिंह ठकुरी र मोटरसाइकल पछाडि बस्ने हुप्सेकोट–२ कोलियाकै ३२ वर्षीय सोमबहादुर सोमै पनि घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad