समाज


भलिबल खेलेर घर फर्किंदै गरेका युवकको भिरबाट लडेर मृत्यु

भलिबल खेलेर घर फर्किंदै गरेका युवकको भिरबाट लडेर मृत्यु

फाइल तस्बिर


नेपालखबर
साउन २, २०८२ शुक्रबार ११:०, रुकुमपश्चिम

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा एक युवकको भिरबाट लडेर मृत्यु भएको छ। 

रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट भलिबल खेलेर साथीसँग घर फर्किने क्रममा बाँफिकोट गाउँपालिका–२ मुरापाखा डाँडाबाट लडेर सोही पालिकाको वडा नं १ का ३० वर्षीय अजय मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए।

बिहीबार साँझ भिरबाट लडेर गम्भीर घाइते भएका मल्लको प्राथमिक स्वास्थ्यचौकीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो।

अस्पताल पुर्याउनासाथ चिकित्सकले गए राति नै उनलाई मृत घोषणा गरेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad