तनहुँको व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने नौ किलोमिटर सडक कालोपत्र गरिएको छ।
कच्ची सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको हो। यो सडकलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्ग बनाइने बताइएकाे छ।
पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार सम्पन्न गर्ने समयभन्दा एक वर्षअगावै सडक कालोपत्र भएको छ। कार्यालयले ३६ करोड ६२ लाख ९१ हजार रुपैयाँ खर्चेर सडक स्तरोन्नतिको सम्झौता गरेको थियो।
रानीटारीबाट घुम्तीसम्मको दूरी ९.२ किलोमिटर छ। त्यसमध्ये ७.३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्र गरिएको छ भने १.९ किलोमिटर ढलान गरिएको छ। रासस
606
Shares

प्रतिक्रिया