गोरखाको मनास्लु पदमार्गमा लडेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा चुमनुब्री गाउँपालिका–३ फिलिमका ३५ वर्षीय थरपुन गुरुङ रहेका छन्।
गुरुङको लार्केस्थित मनास्लु पदमार्गको गोरेटो बाटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। उनी चुमनुब्री–४ नाम्रुङस्थित एउटा स्याउ बगैँचामा काम गर्दै आएका थिए।
स्याउ बगैचाबाट घर जान्छु भनी हिँडेका गुरुङ लार्केस्थित मनास्लु पदमार्गमा मृत फेला परेको प्रहरीले जनाएको छ। रासस
171
Shares

प्रतिक्रिया