समाज


बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १०:३५, काठमाडौँ

बाढीले डाइभर्सन बगाएपछि नवलपरासी पूर्वमा राजमार्ग अवरुद्ध भएको छ। 

दुम्किवासस्थित बिनयी खोलामा आएको बाढीले डाईभर्सन बगाएपछि बिहीबार बिहानबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो।

विनयी खोलाको पुल भाँचिएपछि गएकाे पाँच महिनादेिख खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो। यहाँ बाढीले पटकपटक डाइभर्सन बगाउँदै आएको छ।

बाढीले डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधु नेपालले जानकारी दिए।

बगाएको ठाउँमा डाईभर्सन पुनः बनाउने प्रयास भइरहेको छ। अहिले यात्रु बाहक सवारी र हल्का सवारी साधन होङ्सी गेटबाट सर्दी हुँदै सञ्चालन भए पनि ठूला र मालबाहक सवारी साधन रोकिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad