समाज


गैँडाले आक्रमण गर्दा एक घाइते

गैँडाले आक्रमण गर्दा एक घाइते

फाइल तस्बिर


नेपालखबर
जेठ २९, २०८२ बिहिबार ७:५१, नवलपरासी पूर्व

नवलपरासी पूर्वमा आज बिहान गैँडाले आक्रमण गर्दा एकजना घाइते भएका छन्। 

मध्यविन्दु नगरपालिका–२ सेहरी निवासी ४५ वर्षीय रेशमलाल महतोलाई गैँडाले आक्राण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। 

बिहीबार बिहान घर नजिकैको बाटोमा हिँडिरहेको बेला उनलाई एक्कासी गैँडाले आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालका अनुसार गैँडाको आक्रमणबाट महतोको दुबै खुट्टामा चोट लागेको छ। उनको हाल मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। 

महताेलाई आक्रमण गर्ने गैँडा जंगलतिर भागेको स्थानीयले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad