पर्वतमा १२ र १४ वर्षका दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई पुरुषलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कुश्मा नगरपालिका- १ पाङ बस्ने ३२ वर्षीय सुरेन्द्र किसान र फलेवास नगरपालिका- ६ का ३९ वर्षीय सूर्य नेपाली छन्।
उनीहरुले जिल्लाका फरकफरक ठाउँमा दुई बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरेर अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुमित श्रेष्ठले जानकारी दिए।
किसानले १४ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको हो।
त्यसैगरि नेपालीले १२ वर्षीया बालिकालाई ललाई फकाई घरमै लगेर पटकपटक करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको श्रेष्ठले बताए। उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।
Shares

प्रतिक्रिया