समाज


स्रोत नखुलेको १४ लाखसहित २० र २५ वर्षका २ युवक पक्राउ

स्रोत नखुलेको १४ लाखसहित २० र २५ वर्षका २ युवक पक्राउ

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार ५:४९, तनहुँ

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउपर्नेमा गोरखाको सहिद लखन गाउँपालिका–८ बस्ने २५ वर्षीय विमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ४० प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नगदसहित पक्राउ गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad