मनाङमा यार्चागुम्बा टिप्न गएका एक युवकको भिरबाट लढेर मृत्यु भएको छ।
नार्पाभूमि गाउँपालिका–२ नाम्केखर्कमा यार्चागुम्बा टिप्ने क्रममा धादिङकाे गङ्गाजमुना गाउँपालिका–१ का ३२ वर्षीय आकाश तामाङको मृत्यु भएको हो।
गएकाे शुक्रबारै भिरबाट लडेर उनकाे मृत्यु भएकाे हाे। तर शनिबारसम्म पनि उनकाे शव निकाल्न नसकिएको मनाङ प्रहरीले जनाएकाे छ।
सदरमुकाम चामेबाट कम्तीमा १० घण्टाको पैदल दुरीमा घटनास्थल पर्छ। उनकाे शव निकाल्नका लागि नेपाली सेना, नेपाल प्रहरी र सशत्र
प्रहरीको संयुक्त टोली घटनास्थलतर्फ गएको छ।
पाँच हजार पाँच सय मिटर उचाइमा रहेको घटनास्थल पुग्नका लागि भिरको बाटो हुँदै डोरीमा झुन्डिएर सुरक्षाकर्मी गएका छन्।
282
Shares

प्रतिक्रिया