समाज


घरायसी विवादमा श्रीमतीको हत्या, जंगलमा लुकेर बसेका युवक पक्राउ

घरायसी विवादमा श्रीमतीको हत्या, जंगलमा लुकेर बसेका युवक पक्राउ

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार ११:३३, म्याग्दी

म्याग्दीको बेनी नगरपालिका-७ मङ्गलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरी आज बिहान श्रीमतीको हत्या गरेका छन्। 

पर्वतको जलजला गाउँपालिका–३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोलमा बस्दै आएका राजु विकले दाउरा प्रहार गरेर श्रीमती २७ वर्षीया भगवती विकको हत्या गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। 

प्रहरी निरीक्षक सागर पौडेलले मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ। घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका–२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको पौडेलले जानकारी दिए। 

घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउरा प्रहार गरेका थिए। भगवतीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad