समाज


बजेट अभावले आधारभूत अस्पताल निर्माण अधुरै

बजेट अभावले आधारभूत अस्पताल निर्माण अधुरै

नेपालखबर
बैशाख ३, २०८२ बुधबार ८:७, बागलुङ

बागलुङको निसीखोलामा निमार्णाधीन पालिकास्तरीय आधारभूत अस्पताल अलपत्र अवस्थामा छ। गत वर्ष पुस महिनामा सम्पन्न हुनुपर्ने अस्पताल बजेट अभावका कारण अधुरै रहेको हो। 

निसीखोला गाउँपालिका-४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि लागि २०७८ माघमा सम्झौता भएर काम शुरु भएको थियो । आठ करोड २४ लाखमा निर्माण शुरु भएको अस्पताल २०८० पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण शुरु भएको थियो । तर हालसम्म ९० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आईएस-एसी जेबीका प्रमुख दीपककुमार अदैले जानकारी दिए।

२०८० भदौमा बुझाएको एक करोड १० लाखको बिलको भुक्तानी अझै हुन नसकेको उनले बताए। पालिकाबाट भुक्तान गर्न बाँकी रहेको एक करोड १० लाखसहित थप ६० लाख रुपैयाँ व्यवस्थापन गर्न सके काम गर्न समस्या नहुने उनको भनाइ छ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले सङ्घीय सरकारले बजेट नपठाउँदा अस्पताल अधुरै रहेको बताए। गाउँपालिकाको आन्तरिक स्रोत कम हुने हुँदा अस्पतालमा बजेट विनियोजन गर्न उनले बताए। आवश्यक बजेट व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad