गोरखामा हिँड्ने क्रममा लडेर बेलायती नागरिकको मृत्यु भएको छ।
लार्केपास गर्ने क्रममा चुमनुब्री गाउँपालिका–१, लार्केमा ६१ वर्षीय बेलायती नागरिक थोम्सान आयनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार आइबार चुमनुब्री गाउँपालिका–१ लार्केमा हिँड्ने क्रममा उनी एक्कासी लडेका थिए।
घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
150
Shares

प्रतिक्रिया