समाज


नवलपुरमा गैँडाको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो

नवलपुरमा गैँडाको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो

फाइल तस्बिर


नेपालखबर
माघ २५, २०८१ शुक्रबार ७:३८, काठमाडौँ

गैँडाको आक्रमणबाट नवलपरासी पूर्व (नवलपुर) एक महिलाको मृत्यु भएको छ। देवचुली नगरपालिका १ मिलनचोक निवासी ४७ वर्षीया राममाया सोतीको गैँडाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ। 

घाँस दाउरा काट्न जंगल गएकी सोती गएको बुधबारदेखि बेपत्ता थिइन्। दिव्यमध्यवर्ती सामुदायिक वनमा बिहीबार दिउँसो उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

उनको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल डण्डामा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए। 

सोती बुधबार गाउँका चारजना साथीसँगै घाँस काट्न जंगल गएकी थिइन्। 

जंगलमा गैँडाले आक्रमण गर्न थालेपछि दुईजना भागेका थिए भने एक जनालाई गैँडाले आक्रमण गरी घाइते बनाएको थियो। त्यसयता सोती बेपत्ता थिइन्। 

स्थानीय बासिन्दा, प्रहरी, निकुञ्ज, सेनाको टोलीले निकुञ्जभित्र खोजी गर्ने क्रममा दिव्यमध्यवर्ती सामुदायिक वनभित्र बिहीबार सोतीको शव भेटिएको हो।

गैँडाको आक्रमणबाट घाइते भएकी ३३ वर्षीया कुमारी आलेको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad