समाज


मार्फामा कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मार्फामा कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
असोज ३०, २०८१ बुधबार ५:३५, बागलुङ

मुस्ताङको थासाङ गाउँपालिका–२ मार्फा नजिकै थालेखोलामा कार र  मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। 

पोखराबाट लोमान्थाङतर्फ गइरहेको बा१प ४२१० नम्बरको मोटरसाइकल र जोमसोमबाट पोखरातर्फ आउँदै गरेको ना१च ७६९२ नम्बरको कार आपसमा ठोकिएका हुन्। 

दुर्घटनामा मोटरसाइकल चालक गोरखाको आरुचनौटेका ३३ वर्षीय सञ्जय खड्काको मृत्यु भएको मुुस्ताङका प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए। 

दुर्घटनाको कारण भने खुलेको छैन । कार र मोटरसाइकल ठोकिँदा घाइते भएका खड्कालाई जिल्ला अस्पताल मुस्ताङ पु¥याइएको थियो। अस्पतालले उनलाई तत्कालै मृत घोषणा गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad