डेंगी संक्रमितको संख्या बढेपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाले आफू मातहतका चारवटा विद्यालय बन्द गरेको छ।
डेंगी नियन्त्रणको लागि भन्दै आँबुखैरेनी गाउँपालिका क्षेत्रका चारवटा विद्यालय बन्द गरिएका हुन्।
आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले आँबुखैरेनी बजार र यस आसपासका क्षेत्रमा डेंगीका बिरामी बढ्दै गएकाले विद्यालय बन्द गरिएको जानकारी दिए।
आँबुखैरेनी- ३ मा रहेका रामशाह मावि, मस्र्याङ्दी बालज्योति अङ्ग्रेजी बोडिङ स्कुल, बालशिक्षा सदन बोर्डिङ स्कुल र नवबुद्ध अङ्ग्रेजी बोर्डिङ स्कुल अनिश्चितकालको लागि बन्द गरिएका हुन्।
आँबुखैरेनीमा करिब ४५० जनामा डंगी संक्रमण पुष्टि भइसकेको छ।
डेंगी संक्रमण बढ्दै गएपछि पालिकाले लामखुट्टेले फुल पार्ने ठाउँ ‘खोजौँ र नष्ट गरौँ’ अभियानसमेत सञ्चालन गरेको छ।
Shares
प्रतिक्रिया