ad ad

समाज


तनहुँमा दाउरा निकाल्न गएका व्यक्ति सेतीको बाढीमा बेपत्ता

तनहुँमा दाउरा निकाल्न गएका व्यक्ति सेतीको बाढीमा बेपत्ता

फाइल तस्बिर


नेपालखबर
असार २६, २०८१ बुधबार १०:२६, तनहुँ

सेती नदीको बाढीले बगाएर ल्याएको दाउरा झिक्ने क्रममा तनहुँमा आज बिहान  एक जना बेपत्ता भएका छन्। 

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा  नदीमा बेपत्ता भएका हुन्।
 
कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिए। बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका  मानिसको भीड लाग्ने गरेको छ। 

पहिराले अवरुद्व पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन
यसैवीच म्याग्दे गाउँपालिका–६ मौरीओढारमा आज बिहान पहिरो खस्दा अवरुद्व भएको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ। 

अविरल वर्षाका कारण खसेको लेदोसहितको पहिरोले राजमार्ग अवरुद्व भएको थियो। पृथ्वीराजमार्गअन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरो पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .