ad ad

खेल


युरो कपको दोस्रो सेमिफाइनल आज, इङ्‌ग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्दै

युरो कपको दोस्रो सेमिफाइनल आज, इङ्‌ग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्दै

नेपालखबर
असार २६, २०८१ बुधबार १०:५०, काठमाडौँ

युरो कपको दोस्रो सेमिफाइनलमा आज (बुधबार) मध्यराति इङ्‌ग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्दै छन्।

डर्टमुन्डको बीभीबी स्टेडियममा हुने खेल नेपाली समयानुसार राति १२:४५ बजे सुरु  हुनेछ।

यो खेलको विजेताले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। 

खेलअघि नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले यो आफूहरूको देशका लागि विशेष रहेको बताए।

उनले भने, ‘हामी सानो देश भए पनि इङ्ग्ल्यान्ड, फ्रान्स र स्पेनसँगै सेमिफाइनलमा पुगेका छौँ। यो हाम्रो लागि गर्वको क्षण हो।’

इङ्ग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले आफूहरूको रणनीति बलसँग खेल्ने रहे पनि विपक्षीलाई रोक्ने प्रयासमा हुने बताए। पछिल्लो तीन खेलमा धेरै गोल गर्न नसकेकाले गोल गर्ने रणनीतिमा हुने उनको भनाइ छ। 

समूह डीमा रहेको नेदरल्यान्ड्सले क्वार्टरफाइनमा टर्कीलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो। 

राउन्ड अफ १६ मा रोमानियाविरुद्ध ३–० को फराकिलो जित हासिल गरेको डच टोलीले समूह चरणको पहिलो खेलमा पोल्यान्डलाई २–१ ले हराएको थियो।

दोस्रो खेलमा फ्रान्ससँग गोलरहित बराबरी भएको ऊ समूह चरणको अन्तिम खेलमा अस्ट्रियासँग २–३ ले हारे पनि नकआउट चरणमा पुगेको थियो।

इङ्ग्ल्यान्डले भने क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ५–३ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।  राउन्ड अफ १६ मा भने स्लोभाकियाविरुद्ध २–१ को जित हासिल गरेको थियो।

समूह सीमा रहेको टोलीले समूह चरणमा सर्वियालाई १–० ले तथा डेनमार्कसँग १–१ को बराबरी खेलेको थियो।

समूह चरणको अन्तिम खेलमा स्लोभाकियासँग गोलरहित बराबरी खेलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .