ad ad

समाज


पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
असार २५, २०८१ मंगलबार १०:५३, लमजुङ

अविरल वर्षासँगै पहिरो जाँदा डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ। 

यो सडकअन्तर्गत बेँसीशहर नगरपालिका-१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार सो स्थानमा पटकपटक पहिराले सडक अवरुद्ध बनाउँदै आएको छ। सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्। 

लमजुङ–तनहुँ जिल्ला जोड्ने मुख्य यस सडक हुँदै बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवन, भैरहवालगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर र मनाङ आउने यात्रुलाई बर्खायाममा बर्सेनी समस्या हुँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .