ad ad

समाज


तनहुँमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार २९ वर्षीय युवकको मृत्यु

तनहुँमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार २९ वर्षीय युवकको मृत्यु

नेपालखबर
जेठ २२, २०८१ मंगलबार ५:५५, तनहुँ

तनहुँको ब्यासमा पानी बोकेको ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ।

सोमबार दिउँसो व्यास नगरपालिका १ स्थित पृथ्वी राजमार्गमा दमौली तर्फ जाँदै गरेको मोटरसाइकललाई सडक निर्माण गर्न पानी हाल्दै गरेको ट्यांकरले ठक्कर दिँदा व्यास नगरपालिका १२ का २९ वर्षीय प्रविन कैनीको मृत्यु भएको हो।

ग १९ ब ८३०३ नम्बरको मोटरसाइकलमा सवार उनलाई बागमती प्रदेश ०१(००१ अ य ००३९ नम्बरको ट्यांकरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिपकुमार हुमागाईंले जानकारी दिए।

ट्यांकरको ठक्करपछि गम्भीर घाइते भएका कैनीलाई उपचारका लागि  अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनापछि प्रहरीले ट्यांकर चालकलाई पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .