समाज


कारमा राखेर गाँजा तस्करी, पोखराका २ ठाउँबाट ३ जना पक्राउ

कारमा राखेर गाँजा तस्करी, पोखराका २ ठाउँबाट ३ जना पक्राउ

नेपालखबर
चैत २६, २०८० सोमबार ६:१७, पोखरा

पोखराबाट प्रहरीले १४ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले गाँजासहित पाेखराका दुई स्थानबाट तीन जनालाई नियन्त्रणमा लिएको हो।

आइतबार बिहान पोखरा महानगरपालिका–२७ ताल चोकबाट  गोरखाको सुलिकोट गाउँपालिका–४ स्थायी घर भएका २४ वर्षीय मदन नेपाली गाँजासहित पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले पृथ्वी राजमार्ग हुँदै पोखरातर्फ आउँदै गरेको ग १ च ५१३२ नम्बरको कारलाई जाँच गर्ने क्रममा उनको साथबाट नौ किलो आठसय ग्राम गाँजा बरामद भएको हो।

कारको डिकीभित्र रातो प्लास्टिकमा पोका पारेर ल्याएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएकाे छ। 

त्यसैगरी कास्कीकै अन्नपूर्ण गाउँपालिका–९ मौजाबाट चार किलो एकसय ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा पोखराकै ३७ वर्षीय हेमन्त भट्टराई र २५ वर्षीय विनोद थापा रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी कसुरमा म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad