तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ।
छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको ग७प ६९२४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नम्बर ट्र्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार शुक्लागण्डकी–१ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरुङको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले ट्र्याक्टर चालक र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको बताए। रासस
456
Shares
प्रतिक्रिया