म्याग्दीका उच्च भूभागमा बाक्लो हिमपात भएको छ। बिहीबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानी क्षेत्रमा हिउँ परेको हो।
हिमपातले म्याग्दीको उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित भएको छ। हिमपातले बालीनाली सप्रिने भएपछि किसान भने खुसी भएका छन्।
घोडेपानी अन्नपूर्ण फेरोको फन्को मार्न आउने पर्यटकहरुको प्रमुख रोजाईमा पर्ने गन्तव्य हो। यहाँबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ।
यस क्षेत्रमा आउने पर्यटकको लागि समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाईमा रहेको पुनहिल प्रमुख आकर्षणको क्षेत्र हो।
गुर्जा हिमालदेखि धौलागिरि, अन्नपूर्ण, माछापुच्छे, निलगिरि लगायतका दर्जनौ हिमशृङ्खलाको अवलोकन घोडेपानीबाट गर्न सकिन्छ।
घोडेपानी क्षेत्रमा परेकाे हिउँ
45
Shares
प्रतिक्रिया