समाज


‘राम्रो रोजगारी’ भन्दै किशोरी र युवतीलाई यौन पेसामा लगाउने तीन युवक पोखराबाट समातिए

‘राम्रो रोजगारी’ भन्दै किशोरी र युवतीलाई यौन पेसामा लगाउने तीन युवक पोखराबाट समातिए

नेपालखबर
पुस २२, २०८० आइतबार ११:१४, कास्की

युवती र महिलालाई यौन पेसामा लगाएको आरोपमा प्रहरीले कास्कीको पोखराबाट तीनजना युवकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउपछि उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारबाही अघि बढाएको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने २९ वर्षीय प्रविन गुरुङ, पर्वत स्थायी घर भई हाल काठमाडौँको शंखमुलमा बस्दै आएका २३ वर्षीय निर्मल मल्ल र पोखरा महानगरपालिका– १७ बिरौटाका २६ वर्षीय राजेश ठकुरी रहेका छन्।

उनीहरुले पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित काभ्रेली खाजा घरमा राखेर कन्ट्याक्टको आधारमा विभिन्न होटलमा पुर्याएर युवती र महिलाहरुलाई यौन पेसामा लगाउँदै आएको दाबी प्रहरीले गरेको छ। 

  घरका सञ्चालकले बालिका तथा महिलाहरूलाई होटलमा राम्रो काम लगाइदिन्छु भनेर ल्याउने र सुरुमा होटेल सरसफाइको काम लगाइदिने गरेको पाइएको छ।

‘उनीहरुले युवती र महिलाहरुलाई होटलमा राम्रो काम लगाइदिन्छु भनी ल्याई सुरुमा होटलको सरसफाइको काम लगाइ दिएको र केही समयपछि राम्रो कमाई हुन्छ भनी विभिन्न लोभ लालच र  प्रलोभनमा पारी परपुरुषसँग भेट गराई पोखराका विभिन्न होटलहरुमा लगी यौन शोषण गर्ने गरेको सूचनाको आधारमा खोजतास गर्ने क्रममा यही पुस १९ गते उनीहरु पक्राउ परेका हुन्,’ कास्की प्रहरीले भनेको छ। 

प्रहरी टोली काभ्रेली खाजा घरमा पुग्दा नावालिक र महिलाहरूलाई बाहिर लैजान लागेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। त्यसक्रममा एक बालिका र दुई महिलालाई पनि उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि मानव बेचबिखन तथा ओसार पसारसम्बन्धी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad