पूर्वबैंकर रविना देशराज श्रेष्ठ यतिखेर भारतको मुम्बईमा छिन्।
नेपालमा सेलिब्रिटी बैंकरको छवि बनाएकी उनी आफ्नो विचार स्पष्टसँग राख्छिन्।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उनले फेसबुकमा आफ्ना बोल्ड तस्बिर सार्वजनिक गर्दै आफ्नो विचार संसारका नारीहरुलाई समर्पित गरेकी छिन्।
उनले भनेकी छिन्–
संसारका महिलाहरुमा समर्पित
यसलाई हामी कति देखाउन चाहन्छौँ, त्यो केवल हाम्रै निर्णय मात्र हो
म ‘तपाईं के भन्नुहुन्छ’मा सरोकार राख्दिनँ...
उनले महिला आमा, साथी, प्रेमिका, दिदीबहिनी, काकी र हजुरआमा हुने भन्दै थपेकी छिन्, ‘उनी (महिला) को हो भनेर जान्न पर्याप्त बाँचिरहेकी छिन्....’
केही समयअघि उनले तत्कालीन मेगा बैंकको कामु सीईओबाट राजीनामा दिएकी थिइन्।
फागुनको सुरुतिर आफ्ना प्रेमीबारे खुलासा गरेकी उनले इन्गेजमेन्ट गरेको तस्बिर सेयर गरेकी थिइन्।
Shares

प्रतिक्रिया