ad ad

समाज


कुवेतमा एउटै कारको ठक्करबाट ३ नेपालीको निधन

कुवेतमा एउटै कारको ठक्करबाट ३ नेपालीको निधन

कुवेतमा एउटै कारको ठक्करबाट मारिएका तीन नेपाली


नेपालखबर
चैत १, २०८० बिहिबार ९:३६, काठमाडौँ

कुवेतमा एउटै कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ। 

मंगलबार (मार्च १२) मा कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा तीव्र गतिमा आएको कारले ठक्कर दिँदा एकै कम्पनीमा कार्यरत ३ नेपालीको दुर्घटनास्थलमै निधन भएको हो। 

नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लका अनुसार दुर्घटनामा लयती पञ्चदेवल विनायक-५, अछामका सुरतबहादुर कठायत, नागार्जुन-२, काठमाडौँका सुजन कार्की र वेंगाडावर-३, धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो। तीनै जना कुवेतको पापाजोन कम्पनीमा काम गर्थे।  

स्थानीय नागरिक गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

कुवेतस्थित नेपाली दूतावासले मृतकका परिवार र उनीहरू काम गर्ने कम्पनीसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .