ad ad

समाज


अमेरिकामा आफ्नै पत्नी हत्या मुद्दामा नेपालीभाषी रिमाललाई १० लाख डलर धरौटी तोकियो

अमेरिकामा आफ्नै पत्नी हत्या मुद्दामा नेपालीभाषी रिमाललाई १० लाख डलर धरौटी तोकियो

फाइल फाेटाे : रिमाल दम्पती


नेपालखबर
फागुन १९, २०८० शनिबार २१:४१, काठमाडौँ

अमेरिकामा आफ्नै पत्नी हत्या अभियोगमा पक्राउ परेका नेपालीभाषी जेम्स रिमाललाई अदालतले १० लाख अमेरिकी डलरको धरौटी रकम तोकेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अमेरिकाको क्युयाहोगा फल्स निवासी श्रीमती चन्द्रमाया पौडेल रिमालको हत्या मुद्दामा शुक्रबार सुनुवाइ गर्दै अदालतले रिमाललाई उक्त धरौटी रकम तोकेको हो।

म्युनिसिपल अदालतले अब अर्को सुनुवाइ मार्च ४ का लागि तय गरेको छ। 

रिमालले सुनुवाइका क्रममा आफूविरुद्धको अभियोग अस्वीकार गरे।  

रिमालविरुद्ध हत्या, घाँटी थिचेको, प्रमाणसँग छेडछाड गरेको, घरेलु हिंसा गरेको, प्रहरीलाई झुटो विवरण दिएको र शवको दुरुपयोग गरेको लगायत ६ वटा गम्भीर अभियोग लगाइएको छ। यी अभियोग पुष्टि भए रिमाललाई कम्तीमा २५ वर्ष जेल सजाय हुनसक्ने छ।  

क्युयाहोगा फल्सस्थित घरबाट एकाएक बेपत्ता भएकी चन्द्रमाया पौडेल रिमाल गत मंगलबार बिहान जंगलमा मृत फेला परेपछि प्रहरीले उनका पति जेम्स रिमाललाई पक्राउ गरेको हो।  

स्थानीय सञ्चारमाध्यमका अनुसार रिमाललाई अहिले समिट काउन्टी जेलमा राखिएको क्युयाहोगा फल्स प्रहरी विभागले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .