समाज


ट्रक र कन्टेनर ठोक्किँदा चालकको मृत्यु

ट्रक र कन्टेनर ठोक्किँदा चालकको मृत्यु

नेपालखबर
फागुन २९, २०८२ शुक्रबार १२:५५, हेटौंडा

हेटौँडा-नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीमा ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ। 

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ४ ख ९९२३ नम्बरको कन्टेनर र हेटौँडाबाट चितवन जाँदै गरेको बाप्र ०३-००१ ख ०३९८ नम्बरको ट्रक शुक्रबार एकापसमा ठोक्किएका हुन्। दुर्घटनामा कन्टेनर चालक चालक सर्लाहीको बरहथवा नगरपालिका-१५ पिपराभिट्टाका ३८ वर्षीय गोविन्द चौधरी घाइते भएका थिए। 

उनलाई स्थानीय बासिन्दाले उद्धार गरी हेटौँडाको सीएमसी चुरेहिल अस्पताल पु¥याएका थिए। चिकित्सकले उनलाई तत्कालै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ। 

प्रहरीले ट्रक चालक चितवनको खैरहनी नगरपालिका-९ का ४२ वर्षीय धनेस्वर चौधरीलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad