काठमाडौँ उपत्यकामा अघिल्लो दिनको तुलनामा आज (बुधबार) न्यूनतम तापक्रम थोरै बढ्दा अधिकतम तापक्रम भने स्थिर बसेको छ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तापक्रम विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस छ। हिजो (मंगलबार) ४.८ डिग्री सेल्सियस थियो।
काठमाडौँमा आज अधिकतम तापक्रम भने हिजोको जत्तिकै १७.२ डिग्री सेल्सियस छ।
मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ, बादल लाग्यो भने बढ्छ।यसको ठिक उल्टो दिउँसो आकाश सफा रह्यो भने घाम लाग्ने भएकाले अधिकतम तापक्रम बढ्छ, बादल लाग्यो भने घाम नदेखिने भएकाले घट्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम हुन्छ।
हेर्नुहोस् देशका अन्य स्थानका न्यूनतम र अधिकतम तापक्रम:

Shares

प्रतिक्रिया