समाज


मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको निधन भएपछि राक्सिराङमा आज शोक बिदा

मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको निधन भएपछि राक्सिराङमा आज शोक बिदा

प्रधानाध्यापक दिपेन्द्र झा


नेपालखबर
असार २०, २०८२ शुक्रबार ८:४५, हेटाैँडा

मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको मृत्यु भएपछि राक्सिराङ गाउँपालिकाले शुक्रबार (आज) शोक बिदा दिएको छ। 

बिहीबार राति हेटौँडा–१० स्थित राप्तीरोडमा मोटरसाइकल दुर्घटनामा निधन भएका राक्सिराङ–९ खैराङको कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र झाको शोकमा राक्सिराङ गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको हो। 

प्रधानाध्यापक झाप्रति श्रद्धासुमन प्रकट गर्दै आज एक दिन गाउँपालिकाभित्र रहेका सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतले जानकारी दिए। 

गाउँपालिका अध्यक्षस्तरीय निर्णयबाट एक दिन गाउँपालिकाको सम्पूर्ण शिक्षण संस्थाहरुमा शोक बिदा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जारी गरेको सूचनामा उल्लेख छ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका ४का स्थायी वासिन्दा ४५ वर्षीय झाको मोटरसाइकल दुर्घटनामा निधन भएको हो। झा लामो समयदेखि खैराङको कालिका माविमा प्रधानाध्यापकको रुपमा कार्यरत रहँदै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad