समाज


चितवन बस दुर्घटना: यी हुन् १५ घाइते (नामावली)

चितवन बस दुर्घटना: यी हुन् १५ घाइते (नामावली)

फाइल तस्बिर


सुनिता विष्ट
जेठ २, २०८२ शुक्रबार ९:११, हेटाैँडा

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिका–१० स्थित त्रिनेत्र पेट्रोल पम्प अगाडि शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते भएका यात्रुको पहिचान खुलेको छ। दुर्घटनामा १५ जना घाइते भएका छन्।

सिराहाकाे लहानबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस सडक छेउको पोलमा ठोक्किँदा दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार तीव्र गतिमा रहेको बस अनियन्त्रित भई पोलमा ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

दुर्घटनामा परेका केही घाइतेलाई काठमाडौंस्थित स्कूल अफ मेडिकल साइन्सेजमा उपचारका लागि पठाइएको छ। तीमध्ये सिराहा, सक्करकोटिया गाउँपालिका–५ का ३९ वर्षीय बैतिक राम, २१ वर्षीय संजय कुमार मण्डल, सप्तरीको कल्याणपुर नगरपालिका–६ का १९ वर्षीय सल्मन ठाकुर र ३५ वर्षीय धर्मेन्द्र कुमार चौधरी छन्।

अन्य घाइतेको उपचार चितवनकै बकुलहर अस्पतालमा भइरहेको छ।

उक्त अस्पतालमा उपचार गराइरहेका घाइतेहरुमा १८ वर्षीय नगेन्द्र शाह (नवराजपुर गाउँपालिका–४), २१ वर्षीय धरमनाथ यादव (भगवानपुर गाउँपालिका–३), ३० वर्षीय जयप्रसाद शाह (सप्तरी, तिलाहा कोलादा गाउँपालिका–६), ४० वर्षीय दिपेन्द्र कुमार शाह (कर्जन्हा नगरपालिका–४), २८ वर्षीय गजेन्द्र कुमार शाह (सप्तरी, कोलदारी गाउँपालिका–५), २८ वर्षीय दिनेश कुमार शाह (सप्तरी, राजविराज नगरपालिका–१), भारत मधुबन्दीका ४० वर्षीय रामकृष्ण राउत, १९ वर्षीय चन्दन कुमार यादव (नवराजपुर गाउँपालिका–३), २४ वर्षीय जीवनकुमार पासवान (नगरकोटिया गाउँपालिका–५), बसका २७ वर्षीय सहचालक हरि गौतम (काठमाडौं महानगरपालिका–१०), र पुनः २८ वर्षीय दिनेश शाह (राजविराज नगरपालिका–१) रहेका छन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad