मकवानपुरको मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
कान्तिलोकपथ खडक खण्डमा पर्ने मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा गएराति १ बजेतिर काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०७२ नम्बरको ईभी गाडी दुर्घटना भएको हो।
गाडी सडकबाट करिब दुईसय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
१६ जना सवार रहेको गाडी दुर्घटना हुँदा सर्लाहीको बागमती नगरपालिका–७ बस्ने १३ वर्षीया मानुसी मगर र रौतहटको दुर्गा भवानी गाउँपालिका–५ निवासी ५० वर्षकी निलम देवी राउतको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ।
प्रहरीका अनुसार खोजतलास गर्ने क्रममा आज बिहान ५ः३० बजेतिर दुर्घटनास्थल नजिक खोल्सामा बालिकाको शव फेला परेको हो भने निलमको हेटौँडा अस्पतालमा उपचाको क्रममा आज बिहान ४ बजतिर मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते र उनीहरूकाे अवस्था
दुर्घटनामा रौतहट दुर्गा भवानिपुर गाउँपालिका–५ बस्ने ५५ वर्षका राम प्रकाश राउत (शरीरका बिभिन्न भागमा चोट, अवस्था मध्यम), सर्लाहीकाे बरहथहवा नगरपालिका–८ बस्ने वर्ष ५२ का शिवशंकर राय (टाउको र दुवै खुट्टामा चोट अवस्था मध्यम), उनकी श्रीमती वर्ष ४५ की रिकिदेवी राय (शरीरका विभिन्न भागमा चोट अबस्था मध्यम) र सर्लाहीकाे बरहथवा नगरपालिका–९ बस्ने वर्ष २७ का मनोज राय (शरीरका विभिन्न भागमा चोट अवस्था मध्यम) रहेका छन्। उनीहरु सबैको हेटौँडा अस्प्तालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
यस्तै अन्य घाइते हुनेमा सर्लाहीको बागमती गाउँपालिका–७ बस्ने वर्ष १६ की युनिका दर्लामी मगर ((शरीरका भित्री भागमा चोट, अवस्था मध्यम) र महोत्तरी गौशाला गाउँपालिका–५ बस्ने १६ बर्षको आदित्य छोरचंगी मगर (शरिरको भित्री भागमा चोट अवस्था मध्यम) रहेका छन्।
उनीहरूको हेटौँडा स्थित मकवानपुर सहकारी अस्पतारमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
गाडी चालक सर्लाहीको बागमती गाउँपालिका–५ बस्ने २९ वर्षका कमल बहादुर दर्लामी पनि सामान्य घाइते भएका प्रहरीको भनाइ छ। घाइते चालक दर्लामीको प्रहरीको नियन्त्रणमा हेटौंडा अस्पतालमा उपचार भैरहेको छ।
Shares

प्रतिक्रिया