राजनीति


एमाले विराटनगरको अध्यक्षमा संस्थापन इतर समूहका बलराम गिरी विजयी

एमाले विराटनगरको अध्यक्षमा संस्थापन इतर समूहका बलराम गिरी विजयी

अध्यक्षमा निर्वाचित हुने बलराम गिरी


नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार ७:५७, विराटनगर

नेकपा (एमाले) विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी (नवीन) निर्वाचित भएका छन्। 

गएराति सार्वजनिक निर्वाचनको मत परिणाम अनुसार गिरी अध्यक्षका अर्का प्रत्याशी रोहित कोइरालालाई पराजित गर्दै निर्वाचित भएका हुन्।महानगर कमिटीको नेतृत्व चयनका लागि नेकपा  दुई प्यानल प्रतिस्पर्धामा थिए।

कोइरालालाई ५२ मतान्तरले पराजित गर्दै गिरी अध्यक्षमा निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ। 

यस अघिको कार्यकालमा एमाले विराटनगर नगर कमिटीको सचिवको भूमिकामा रहेका  गिरीले १७३ र यस अघिका अध्यक्ष कोइरालाले १२१ मत प्राप्त गरेका छन्।

त्यसैगरि उपाध्यक्षमा सुरज न्यौपाने र सचिवमा विज्ञान चापागाईँ निर्वाचित भएका छन्। उपसचिव खुल्लामा हमिद आजाद र उपसचिव महिलामा हिमा मैनाली पोखरेल निर्वाचित भएका छन्। ने

निर्वाचित सबै पदाधिकारी संस्थापन इतर प्यानल अर्थात् विनोद ढकाल प्यानलका उम्मेदवार हुन्। यसअघि महानगर कमिटीका ६८ सदस्य निर्विरोध निर्वाचित भएका थिए।

अधिवेशनमा ३१४ प्रतिनिधि मध्ये ३०८ जनाले मतदान गरेका थिए। महानगर अधिवेशन वैशाख २ गते नेकपा एमाले मोरङ पार्टी कार्यालय पाञ्चालीमा उद्घाटन भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad