समाज


खुकुरी प्रहार गरेर जेठी भाउजूको हत्या, माइला दाजु घाइते

मृतक महिलाका पति वैदेशिक रोजगारीमा
खुकुरी प्रहार गरेर जेठी भाउजूको हत्या, माइला दाजु घाइते

नेपालखबर
चैत १४, २०८१ बिहिबार ७:५, हेटाैँडा

हेटौँडामा देवरले भाउजूको हत्या गरेका छन्। हेटौँडा-१ चौकीटोल निवासी २२ वर्षीय राहुल दासले बुधबार (हिजो) खुकुरी प्रहार गरेर आफ्नै  जेठी भाउजूको हत्या गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

राहुलले भाउजू ३५ वर्षीया गुडिया दासलाई बुधबार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन्। राहुलको आक्रमणबाट उनका माइलो दाजु रुपेश दाससमेत घाइते भएका छन्। 

उनको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाका अनुसार राहुलले माइलो दाइलाई खुकुरीले आक्रमण गरेको भन्ने खबर पाएर पुगेको प्रहरीले उनलाई पक्राउ गरेर दिउँसो जिल्ला प्रहरी कार्यलयमा ल्याएको थियो। 

घरका सदस्यहरुले जेठी बुहारी गुडियालाई नदेखपछि खोजतलास गर्ने क्रममा घरको माथिल्लो तल्लामा बन्द कोठा भित्र मृत अवस्थामा फेलाका थिए। 

प्रहरी निरीक्षक सापकोटाले राहुलले माइलो दाइ रुपेशलाई भन्दा पहिला भाउजूलाई खुकरी प्रहार गरेर कोठामा बन्द गरेको हुनसक्ने अनुमान गरे। 

राहुललाई प्रहरीले पक्राउ गरेको छ। राहुलले किन भाउजू र माइलो दाइमाथी आक्रमण गरे भन्ने खुलेको छैन।

प्रहरी निरीक्षक सापकोटाका अनुसार गुडियाका ३ सन्तान छन्। उनका श्रीमान रोशन दास रोजगारीको सिलसिलामा कतारमा रहेका पारिवारिक स्रोतले जनाएको छ। घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad