मकवानपुरमा निर्माणका क्रममा स्काभेटर पहिरोमा पुरिएको छ। भीमफेदी गाउँपालिका–९, च्यानपाखामा सडक निर्माणका क्रममा स्काइभेटर पहिरोमा पुरिएको हो।
आइतबार (हिजो) साँझ करिब ५:३० बजे, भौतिक पूर्वाधार विकास हेटौंडाद्वारा निर्माण भइरहेको गोलमोड–फापरबारी भित्रि सडक खण्डमा नयाँ सडक खन्ने क्रममा माथिबाट खसेको ठूला ढुंगासहितको पहिरोले स्काभेटरको आधा भाग पुरिएको मकवानपुर प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएलगत्तै, २०८१ सोमबार (आज) बिहान करिब १०:३० बजे इलाका प्रहरी चौकी सिमभञ्ज्याङबाट प्रहरी नायब निरीक्षक बिसुन देव महतोको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा परिचालित भएको थियो।
प्रारम्भिक अनुसन्धान अनुसार, स्काभेटरमा कार्यरत मजदुरहरू सुरक्षित रहेका छन्। हाल स्काभेटर माथी झरेको पहिरो हटाउने कार्य जारी रहेको छ।
Shares

प्रतिक्रिया