कारोबार


उत्तर कोरियाली ह्याकरले निकाले ३० करोड डलर

उत्तर कोरियाली ह्याकरले निकाले ३० करोड डलर

फाइल तस्बिर


नेपालखबर
फागुन २६, २०८१ सोमबार १४:३५, काठमाडौँ

उत्तर कोरियाका लागि काम गर्ने ह्याकरहरुले आफूले ह्याक गरेको क्रिप्टोबाट ३० करोड डलर पैसाका रुपमा निकाल्न सफल भएका छन्। 

बीबीसीका अनुसार उनीहरुले ह्याक गरिराखेको डेढ अर्ब डलरबराबरको क्रिप्टोबाट ३० करोड डलर पैसा नै निकाल्न सफल भएका हुन्। 

लेजरस ग्रुपले चर्चित ती ह्याकरले बाईबिट क्रिप्टो एक्सचेन्जबाट दुई हप्ताअघि डिजिटल टोकनहरु विनिमय गर्न सफल भएको बताइएको छ। त्यसयता उनीहरुलाई पैसा लिनबाट रोक्ने प्रयास भइरहेको छ। 

विज्ञहरुका अनुसार ती ह्याकरहरु २४ घण्टा काममा जुटेका छन्। यसबाट निकालेको पैसा सिधै उत्तर कोरियाली सैन्य विकासमा जाने बताइएको छ। 

गत फेब्रुअरी २१ मा ह्याकरहरुले बाईबिटको आपूर्तिकर्तामध्ये एउटालाई ह्याक गर्न सफल भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad