मकवानपुरमा आफ्नै श्रीमानको संलग्नतामा ५० वर्षीया एक महिलामाथि सामूहिक बलात्कार भएको छ। मनहरी गाउँपालिका–५ की ती महिला पतिसहित अन्य दुई किशोरको बलात्कारमा परेकी प्रहरीले जनाएको छ।
आफ्नै श्रीमानले आफूसहित अन्य दुईजना युवकलाईसमेत रहभागी गराएर आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छन्।
पीडित महिलाले १ कात्तिक (बिहीबार) मा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा उनका श्रीमानलाई शनिबार (हिजो) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
३० असोजमा मनहरी गाउँपालिका–५ स्थित आफ्नै घरमा महिलालाई उनका श्रीमान र दुई किशोरले सामूहिक बलात्कार गरेको उजुरी परेको प्रवक्ता अर्यालको भनाइ छ।
रातको समयमा ६० वर्षीय आफ्नै श्रीमान् तथा १९ र २० वर्षका दुई किशोरले आफूलाई सामूहिक बलात्कार गरेको पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ।
‘पीडित महिलाको स्वस्थ्य परिक्षण गरिएको छ। हालसम्म रिर्पोट आएको छैन,’ डीएसपी अर्यालले नेपालखबरसँग भने, ‘तर उहाँको स्वास्थ्य अवस्था ठिक छ। अन्य कुरा त रिर्पोट आएपछि मात्रै थाहा हुने कुरा भयो। पक्राउ परेका उनका श्रीमानले भने घटना स्वीकार गरेका छैनन्। यद्यपि, हामी सूक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौँ।’
१ कात्तिकमा पक्राउ परेका पीडित महिलाका पतिलाई प्रहरीले शुक्रबार मकवानपुर जिल्ला अदालतमा उपस्थित गराएर ५ दिनको म्याद थप गरेको छ। आरोपित दुई युवा भने फरार भएका छन्।
डीएसपी अर्यालका अनुसार पीडित महिलाले दुई किशोरलाई भने आफूले नचिनेको बताए पनि उनीहरु अन्दाजी १९ र २० वर्ष उमेरका भएको बयान प्रहरीलाइ दिएकी छन्। पीडित महिलालाई अहिले सेफ हाउसमा राखिएको छ।
Shares

प्रतिक्रिया