ad ad

समाज


चितवनमा कन्टेनरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

चितवनमा कन्टेनरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
भदौ २४, २०८१ सोमबार ८:५०, चितवन

चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।  

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार वीरगन्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना ८ख २८१८ नम्बरको कन्टेनरले विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश०६–००३प ४८५१ नम्बरको मोटरसाइकल आज बिहान रत्ननगर नगरपालिका–३ शान्तिचोकमा ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर–१५ का ३४ वर्षीय जीवन मग्रातीको मृत्यु भएको प्रहरीले जनाएको छ।  

दुर्घटनामा गम्भीर घाइते भएका मग्रातीको उपचारका क्रममा बकुलहर अस्पताल टाँडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। 

ठक्कर दिने कन्टेनर र त्यसका चालक बाराको गडीमाई नगरपालिका–५ का ३६ वर्षीय श्यामसुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .