ad ad

समाज


भरतपुरको सनराइज स्कुलको होस्टलबाट ११ वर्षीय बालक बेपत्ता

रोजगारीको लागि बालककी आमा दुबईमा
भरतपुरको सनराइज स्कुलको होस्टलबाट ११ वर्षीय बालक बेपत्ता

आमा सरीतासँग बेपत्ता बालक संयोगबहादुर पौडेल


सुनिता विष्ट
भदौ १२, २०८१ बुधबार १२:१५, हेटौँडा

चितवनको भरतपुर महानगरपालिका–१३ उज्जवलनगर घर भएका एक बालक विद्यालयको हेस्टलबाटै बेपत्ता भएका छन्। 

भरतपुरमा रहेको सनराइज इङ्लिस बोर्डिङ स्कुलबाट एक बालक बेपत्ता भएका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी संयोगबहादुर पौडेल बेपत्ता भएका हुन्।

मंगलबार अपरान्ह ४ बजेदेखि नै उनी सम्पर्कबिहिन भएको जानकारी परिवारबाट आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

संयोगको आमा सरीता क्षेत्री अहिले वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा छिन्। आमा विदेशमा रहेको कारण बालको पढाई र रेखदेखमा सहज हुने भन्दै उनलाई विद्यालयकै होस्टलमा रोखिएको थियो। 

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बालक हराएको जानकारी मंगलबार राति आएको बताए। घटनाबारे अनुसन्धान सुरु भइसकेको उनको भनाई छ। 

बालकको बारेमा जानकारी दिन विद्यालयका शिक्षकहरु भर्खरै जिल्ला प्रहरी कार्यालयमाउपस्थित भएका डिएसपी रिजालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .