पहिरोका कारण अवरुद्ध हेटौँडा–काठमाडौँ सडकखण्डमा आजदेखि गाडी गुड्न थालेका छन्। सडक विभागले पहिरो हटाएसँगै यो सडक खण्डमा गाडी गुड्न थालेका हुन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा वर्षाका कारण पहिरो गएको थियो।
यस्तै कान्तिलोकपथस्थित मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार सडकखण्ड समेत पहिरोका कारण अवरुद्ध भएको थियो।
अहिले यी दुबै सडक खण्डमा गाडी गुड्न थालेका प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।
78
Shares
प्रतिक्रिया