ad ad

कारोबार


जग्गा प्राप्तिमा सहजीकरण नगरी प्रसारण लाइन बनाउने अवस्था छैन : बस्नेत

जग्गा प्राप्तिमा सहजीकरण नगरी प्रसारण लाइन बनाउने अवस्था छैन : बस्नेत

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १४:४०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले जग्गा प्राप्ति विद्युत प्रसारण लाइनको अहिलेको समस्या भएको बताएका छन्।

आइतवार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा पूर्वऊर्जामन्त्रीहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

उनले जग्गा प्राप्ति अफ्ठ्यारो विषय रहेको बताए। उनले विद्युत प्रशारण लाइनका लागि आवश्यक जग्गा प्राप्तिमा सहजीकरण नगरी निजी क्षेत्रले तत्कालै प्रशारण लाइन बनाइहाल्ने अवस्था नरहेको बताए।

उनले भने, ‘विद्युत प्रसारण लाइनको अहिलेको समस्या भनेको जग्गा प्राप्ति नै हो। जग्गा प्राप्ति यति अफ्ठ्यारो छ। यसलाई सहजीकरण नगरी निजी क्षेत्रले तत्कालै प्रशारण लाइन बनाइहाल्छ भन्नेकुरा मलाई विश्वास छैन। यसमा सरकार आफैँले पनि धान्न सकिरहेको छैन। निजी क्षेत्रले पनि अहिले सहजै आएर प्रसारण लाइन बनाइहाल्ने स्थिति छैन।’

नेता बस्नेतले नयाँ विद्युत उत्पादनमा निजी—सरकारी मोडालिटी आवश्यक रहेको स्पष्ट पारे। सरकार र कन्स्ट्रक्सनमै पार्टनरसिप हुन सके सहज हुने उल्लेख गरे।

उपभोगबाट धेरै भएको बिजुली बेच्नुपर्ने भन्दै आन्तरिक खपतको क्षमता बढाउन आवश्यक रहेको बताए।

उनले थपे, ‘पार्टनरसिपको अर्को मोडालिटी खोज्नुपर्छ। उत्पादनमा हामीले पब्लिक, प्राइभेट मोडालिटी प्रयोग गरिरहेका छौँ तर यो नभएर पब्लिक प्राइभेट पार्टनरसिपको अर्को रुप खोज्नुपर्छ। सरकार र कन्स्ट्रक्सनमै पार्टनरसिप गर्नुपर्छ। हामीले उपभोगबाट धेरै भएको बिजुली नै बेच्ने हो । बचत बिजुली नै बेच्ने हो। आन्तरिक खपतको क्षमता नै बढाउने हो।’

उपमहासचिव बस्नेतले जलाशययुक्त आयोजनका लागि राज्यले केही न केही व्यवस्था गर्नुपर्ने सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .