समाज


बञ्चरो हानेर पत्नीको हत्या गर्ने युवक पक्राउ

बञ्चरो हानेर पत्नीको हत्या गर्ने युवक पक्राउ

नेपालखबर
साउन २९, २०८१ मंगलबार १२:२०, हेटौँडा

मकवानपुरमा एक युवकले बञ्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्। 

कैलाश गाउँपालिका—५ काफलडाँडाका २८ वर्षीय मंगलबहादुर पाख्रिनले सोमबार १८ वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको बन्चरो प्रहार गरेर हत्या गरेका प्रहरीले जनाएको छ।

मानसिक रोगको औषधि सेवन गर्दै आएका पाख्रिनले श्रीमती लक्ष्मीको टाउको र गर्दनमा बन्चरो प्रहार गरेको पाइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। 

मंगलबहादुरले लक्ष्मीको हत्या गरेको घटना छिमेकीले थाहा पाएपछि मंगलबहादुरलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरेका थिए। 

प्रहरीले सोमबार राति नै उनलाई  पक्राउ गरेर पालुङस्थित प्रहरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। 

उनीहरूको १३ महिनाकी छोरी रहेको सोही वडाका वडाध्यक्ष छेकु लामाले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad