काभा यू–२० महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाली युवा टोलीले आज बिहीबार श्रीलंकाविरुद्ध खेल्दैछ।
उमेर समूहमा नेपालको महिला टोलीले पहिलो पटक स्पर्धा गर्न लागेको हो।
माल्दिभ्सको मालेस्थित सोसल सेन्टरमा हुने खेल राति सवा ९ बजेपछि सुरु हुनेछ।
उपाधि दाबेदारको रुपमा हेरिएको नेपाली टोली श्रीलंकालाई पराजित गर्दै च्याम्पियनसिपमा सुःखद सुरुवात गर्न चाहन्छ। नेपाली टोली जेनिसा विश्वकर्माको कप्तानीमा खेल्दैछ।
त्यसअघि हुने च्याम्पियसिपको उद्घाटन खेलमा आयोजक माल्दिभ्स र कीर्तिस्तान खेल्नेछन्।
चार टोली सम्मिलित च्याम्पियनसिपको दोस्रो खेलमा शुक्रबार कीर्गिस्तानसँग खेल्नेछ। राउण्ड रोविनको अन्तिम खेलमा शनिबार घरेलु टोली मालदिभ्सविरुद्ध खेल्नेछ।
राउण्ड रोविनपछि लिगको शीर्ष र चौथो स्थानमा रहने टोली तथा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। सेमिफाइनल खेल सोमबार हुनेछ।
सेमिफाइनलको विजेताले फाइनल खेल्नेछन्। पराजित हुने टोलीले भने तेस्रो स्थानका लागि खेल्नेछन्। फाइनल र तेस्रो स्थानका लागि खेल मंगलबार हुनेछ।
यु–२० महिला टोलीः
जेनिशा विश्वकर्मा (कप्तान), सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री।
Shares
प्रतिक्रिया